आँखामा लेन्स लगाएर क्यासिमा खेलाउने भारतीय गिरोहसहित ६ जना पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं । काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै अवैध क्यासिनो खेलाउने कार्यमा संलग्न ६ जनालाई प्रक्राउ गरी परिसरको हिरासतमा राखिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिसरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भारतीय क्यासिनो इभेन्ट गिरोहका नाइके सुरेश महाजनसहित प्रमोद मोरिया, दिनेश वर्मा, विक्रम सिंह, चिजा खड्का र भवानी पाण्डे पक्राउ गरिएको बताए ।

उनले नेपाली नागरिकलाई समेत अवैध क्यासिनोको आवरणमा ठगी कार्यमा संलग्न थप ७ जनाको पहिचान भइसकेको जानकारी दिँदै खोजि कार्य भइरहेको बताए। उनकाअनुसार क्यासिनोमा छापाका क्रममा जुवा खेल्न प्रयोग हुने तास, सेन्सर जडित उपकरण, लेन्सलगायत सामग्री प्रहरीले बरामद गरेको छ ।

अवैध जुवा खेलाउने गिरोहका मुख्य नाइके सुरेश महाजन भारतीय नागरिक रहेको खुलेको छ । उनका अनुसार आचार्य ‘क्यासिनो इभेन्ट ग्रुप’ तथा ‘बीपी एण्ड महाकाय ग्रुप’का सञ्चालक समेत रहेको खुलेको छ ।

उक्त ग्रुपले नेपाल, भारत, श्रीलंका, भियतनाम र कम्बोडियालगायत देशहरूमा क्यासिनो इभेन्टका नाममा अवैध जुवा खेलाउँदै आएको पाइएको छ ।

बीपी एण्ड महाकाय ग्रुप अन्तर्गत क्यासिनो प्लेयर्स मंसिर २५ गते मात्र करिब ७० जना नेपाल आएका थिए भने सो ग्रुपद्वारा सञ्चालन गरिएको इभेन्टमा अन्य ग्रुपहरू समेत सामेल हुँदा जम्मा करिव २ सय जना भारतबाट नेपाल आएको खुलेको प्रहरीले जनाएको छ ।

जुवा खेल्न आउनेहरुका लाग हवाई टिकटदेखि खाना र बसोवासको सम्पूर्ण व्यवस्था मर्जजनले नै मिलाएको देखिएको प्रहरीले बताएको छ।

जुवामा हुण्डीमार्फ कारोबार हुने तथ्य समेत प्रहरीले फेला पारेको छ । क्यासिनोमा अवैध जुवा खेलाएर क्यासिनो पर्यटनमा नकारात्मक प्रभाव परेको छ । उनले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *