सुन र चाँदीको मूल्य हालसम्मकै उच्च,तोलाको कतिमा हुँदैछ कारोबार ?
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६८ हजार १ सय पुगेको हो। यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि मंगलबार ५ हजार ५ सय रुपैयाँले बढेर १ तोला सुनको मूल्य २ लाख ६७ हजार २ सय पुगेको थियो।
यस्तै चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ। यसदिन १६५ रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य ४ हजार ४२० रुपैयाँ पुगेको छ।
मंगलबार प्रतितोला चाँदी ४ हजार २५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया


