धादिङमा नारायण थापाको धमाकेदार प्रस्तुति, दर्शकले नाच्दै लिए भरपुर मनोरञ्जन 

No ads found for this position
No ads found for this position

काठमाडौं । धादिङमा भइरहेको ‘गल्छी कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२’ मा गायक नारायण थापाले आफ्ना विभिन्न चर्चित गीतमार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका छन्।

महोत्सवमा मायाले, खतरा होला नि, वरपीपल लगायत गीतहरू गाएर थापाले दर्शकलाई नचाएका थिए । गायक थापाले गाएको गीतमा दर्शकहरूले सँगै गाउँदै, नाच्दै र तालिकासाथ हुटिङ गरी नाचेर भरपुर मनोरञ्जन लिएका थिए।

दुई दशकभन्दा बढी समयदेखि नेपाली गीत सङ्गीतमा सक्रिय गायक थापा हाल विभिन्न मेला महोत्सवको कार्यक्रम व्यस्त रहँदै आएका छन् । यो सँगै उनी अहिले नयाँ गीतहरूको रेकर्डिङमा पनि उत्तिकै व्यस्त छन् ।

थापाका पैसा सम्बन्धित गीत ‘बैगुनी मानव’ लगायतका थुप्रै दर्जन बढी गीतको म्युजिक भिडियो बजारमा आउनेक्रममा रहेका छन्।

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल काठमाडौंले आयोजना कार्यक्रममा थापासँगै गायिका ज्योति मगर, भिमसेन खतिवडा, प्रताप मुहागाई, विकास घिमिरे,  निश्चल शिल्वाल लगायतको प्रस्तुति रहने छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *