सिलतहरका कारण बोदेबर्साइन नगरका विद्यालय ५ दिन बन्द
No ads found for this position
No ads found for this position
सप्तरी । सिलतहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको बोदेबर्साइन नगरपालिकाले ५ दिन विद्यालय बन्द गरेको छ ।
चिसोका कारण बालबालिकाहरुलाई विद्यालय आउन जान असहज हुने भएकोले बुधबारदेखि पुस १३ गतेसम्म ५ दिनका लागि नगरभित्र रहेको सबै विद्यालय बन्द गरेको नगरप्रमुख आतेशसिंह यादवले जारी गरिएको सूचनामा उल्लेख छ ।
सप्तरीमा विगत एकसाता देखि चिसो बढेको र २ दिनदेखि चलेको सितलहरले यहाँको जनजिवन प्रभावित पारेको हो । बिहान–बेलुका हुस्सु लाग्ने र चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपाया समेत प्रभावित भएका छन् ।
प्रतिक्रिया


