कालीमाटीमा बेच्न राखिएको रायो सागमा भेटियो ९९ प्रतिशत विषादी
No ads found for this position
No ads found for this position
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत विषादी भेटिएको छ ।
बिक्रीका लागि मंगलबार ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग गर्न पूर्ण अयोग्य रहेको समितिले जनाइएको छ ।
मंगलबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा सागमा उक्त मात्रामा विषादी भेटिएको हो ।
तरकारी तथा फलफूलमा अर्गानोफस्फेट ३५ प्रतिशत भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानेको छ ।
प्रतिक्रिया


