१४१ सांसदको हस्ताक्षर लिएर कांग्रेस-एमाले आज सर्वोच्च जाँदै

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले आज सर्वोच्च जाने भएको छ । संसद पुनर्स्थापनाका लागि निवर्तमान १ सय ४१ सांसदको हस्ताक्षर लिएर सर्वोच्च जान लागेको हो।

जेनजी आन्दोलनअघिको गठबन्धन सरकारका साझेदार कांग्रेस र एमाले संसद् पुनर्स्थापनाको मागसहित बहुमत सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत जान लागेका हुन् ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको वर्तमान सरकार विरुद्ध यी दुई दल पुनर्स्थापनाको माग लिएर संयुक्त रुपमा सर्वोच्च जान लागेका हुन् ।

यसअघि एमालेले संस्थागत रूपमै र कांग्रेसका ८ जना निवर्तमान सांसदले व्यक्तिगत रुपमा संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

सोही रिट अनुसार कांग्रेसका निवर्तमान ८८ सांसदहरूमध्ये आइतबार ६६ जना सांसदहरूले हस्ताक्षर गरेका छन् ।

केही समयअघि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएपछि कांग्रेस पनि संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च गएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *