नोबेल अस्पतालको पाँचौँ तलाबाट खसेका चिकित्सकको मृत्यु

No ads found for this position
No ads found for this position

विराटनगर। । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ । अस्पतालको पाँचौँ तलाबाट खसेका ३४ वर्षीय डा. अमित यादवको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज बिहान करिब ६:३० बजे अस्पतालको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट यादव अचानक भुइँमा खसेका थिए ।

सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी यादव सोही मेडिकल कलेजमा एमबीबीएस अध्ययन पूरा गरी इन्टर्न चिकित्सकका रूपमा कार्यरत थिए ।

पाँचौँ तलाबाट खसेका कारण उनको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनालगत्तै चिकित्सक यादवलाई अस्पतालकै आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *