सुनको मूल्य २ लाख ६० हजार नजिक

No ads found for this position
No ads found for this position

काठमाडौं। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु. २ लाख ६० हजार ४ सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु. २ लाख ५८ हजार ३ सयमा झरेको छ ।

गत मङ्गलबार रु. २ लाख ५९ हजार, बुधबार २ लाख ५९ हजार ७००, बिहीबार २ लाख ६० हजार ४०० सय कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव आएको छ । चाँदी प्रतितोला ३ हजार ८ सय बढ्दै बिहीबार ४ हजार ८० सम्म पुगेको थियो । आज एक तोला चाँदीको मूल्य रु. ४ हजार १०५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *