सिरक ओढेर ‘म जेनजी’ भन्दैमा एमाले तर्सिँदैन: केपी ओली

No ads found for this position
No ads found for this position

काठमाडौं । नवनिर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी दृढ अनुशासनमा चल्ने भएकाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो काम एमाले नगर्ने बताए।

नवनिर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टी अनुशासन, लोकतन्त्र र संगठन सुदृढीकरणका विषयमा धारणा राखे।

ओलीले एमाले लोकतान्त्रिक पार्टी भएको भएकाले पार्टीभित्र व्यक्तिको स्वतन्त्रता रहेको बताए। उनले सिरक ओढेर म जेनजी भन्दै कसैले तर्साउन खोज्दा एमाले नतर्सिने बताए ।

ओलीले देश अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै यसलाई सहज बनाउने जिम्मेवारी एमालेले लिने बताए। प्रजातन्त्र हराउँदा त्रास बढाइएको र लोकतन्त्र मिचिएको भन्दै अब खुला लोकतन्त्रको वकालत गर्ने प्रतिबद्धता व्यक्त गरे।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *