अमेरिकाद्वारा ‘डीभी लटरी’ योजना स्थगित

No ads found for this position
No ads found for this position

काठमाडौं । ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्ड पछि अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गरेको छ । उक्त युनिभर्सिटीमा २ जनाको ज्यान जानेगरी भएको घटनामा आप्रवासी भिसा कार्यक्रम (डीभी) मार्फत् अमेरिका गएका व्याक्ति सम्लग्न भएको पाइएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्ने निर्णय गरेका हुन् ।

उक्त युनिभर्सिटीमा ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए । उनीले सन् २०१७ मा डीभी मार्फत् अमेरिका प्रवेश गरी ग्रीन कार्ड पाएका थिए ।

अमेरिकामा अब कुनै पनि अमेरिकीलाई हानि नहोस् भन्ने सुनिश्चित गर्न यस्तो निर्णय गरिएको बताइएको छ । नेभेस भालेन्तेले यसै हप्ता पोर्चुगिज मूलका म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक नुनो लुरेइरोको पनि हत्या गरेको विश्वास गरिएको छ।

‘डीभी लटरी’ कार्यक्रमअन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका देशका आवेदकहरूमध्येबाट चिठ्ठा प्रणालीमार्फत् प्रत्येक वर्ष अधिकतम ५० हजार भिसा उपलब्ध गराइन्छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *