कांग्रेस निर्वाचनमा जान आतुर छ तर सरकारको तयारीमा शंका छ: शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ मा हुने निर्वाचनको मिति कुरेर बसेको र निर्वाचनमा जान कांग्रेस आतुर रहेको बताएका छन् ।
मोरङ क्षेत्र नं- ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका ४ का स्थानीय नेताहरूसँगको भेटघाटमा उनले संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचन मात्र भइको बताए। उनले हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका भएको बताए ।
सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाई छ। उनले दलका केही नेतालाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ? भनि प्रश्न गरे ।
कोइरालाले निर्वाचनका लागि जुट्न पनि पार्टीका कार्यकताहरुलाई निर्देशन दिए।


