कानुनी प्रक्रिया पूरा गरि आजै थुनामुक्त हुँदै रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने रिहाइको प्रक्रियाका लागि रुपन्देही जाँदैछन्।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई बिहीबार न्यायाधीश वासुदेव आचार्य र तेज नारायण पौडेलको इजलासले बैंक जमानत लिएर रिहा गर्न आदेश दिएको हो।
उनलाई रिहाइको प्रक्रियाका लागि नख्खु कारागारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएको हो। केहीबेर जहाजबाट उनी भैरहवा जाँदैछन्। जिल्ला अदालत रुपन्देहीबाट छुटपुर्जी कागजात लिएर धरौटी बुझाएपछि उनी थुनामुक्त हुनेछन्।
हिजो नै छुट्ने भनिएपनि छुट पुर्जी नभएकोले रवि आज छुट्दैछन्। रुपन्देही जिल्ला अदालतमा उनले कानुनी प्रक्रिया पूरा गर्नुपर्नेछ। सबै प्रक्रिया पूरा गरिसकेपछि रवि आज थुनामुक्त छन्।
रविले रिहा आदेशपाएपछि उनका समर्थकहरू बिहीबार पन्चेबाजासहित नख्खु कारागारमा पुगेका थिए।


