अमेरिकाले ७५ जना नेपालीलाई गर्यो निष्कासन
No ads found for this position
No ads found for this position
काठमाडौं । गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका ७५ जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ।
अमेरिकी अध्यागमनले उनिहरुलाई निष्कासन गरेको छ। उनीहरूलाई बिहीबार अपरान्ह ओमनी इन्टरनेशन एयरको विमानबाट काठमाडौं ल्याइएको छ।
अमेरिकी सरकारले निष्कासित भएका ७५ जनालाई विमान चार्टर्ड गरेर काठमाडौं पठाएको हो। अमेरिकाको अध्यागमनले उनीहरूलाई विभिन्न समयमा पक्राउ गरेको थियो। निष्काशन गर्ने तयारी भएपछि अमेरिकी अध्यागमनले वासिङटन डीसीस्थित नेपाली दूतावासलाई उनीहरूको बारेमा पत्राचार गरेको थियो।
गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्नेहरुलाई डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि आप्रवासनसम्बन्धी नीति परिवर्तन गरि फर्काउने क्रम जारी छ।
प्रतिक्रिया


