एमाले निर्वाचन: अध्यक्षमा ओलीको अग्रता, पदाधिकारीतर्फ कडा प्रतिस्पर्धा
काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ।
जारी मतगणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ मत ल्याउँदा अर्का उम्मेदवार ईश्वरले ११० मत ल्याएका छन्।
उपाध्यक्ष पदमा भने विष्णु प्रसाद पौडेल (१७३) र पृथ्वी सुब्बा गुरुङ (१७१) बीच कडा प्रतिस्पर्धा देखिएको छ। त्यस्तै, रामबहादुर थापा ‘बादल’ले १५३, गोकर्ण विष्टले १३३ र रघुजी पन्तले १२३ मत प्राप्त गरी प्रतिस्पर्धामा आफूलाई बलियो बनाएका छन्।
यस्तै महासचिव पदमा शंकर पोखरेल ११५ मतका साथ अगाडि छन् भने सुरेन्द्र पाण्डे १०८ मतका साथ उनलाई पछ्याइरहेका छन्।
उपमहासचिव पदतर्फ लेखराज भट्ट (१४७) र योगेश भट्टराई (१४०) अग्रस्थानमा देखिएका छन्। रघुवीर महासेठले १२६ र विष्णु रिमालले १०५ मत प्राप्त गरेका छन्।
सचिव पदका लागि भएको प्रतिस्पर्धामा पद्मा अर्याल (१५२) र महेश बस्नेत (१५०) सबैभन्दा अगाडि देखिएका छन्।
अन्य उम्मेदवारहरूको मत परिणाम :
छविलाल विश्वकर्मा: १४५
शेरधन राई: १४१
हिक्मत कुमार कार्की: १३८
खगराज अधिकारी: १३२
राजन भट्टराई: ११३
भानुभक्त ढकाल: १०७
गोकुल बास्कोटा: १०४


