आनन्द प्राप्तिका लागि ‘गरौँ योग’ सार्वजनिक

No ads found for this position
No ads found for this position

काठमाडौँ । गायक जयराम घिमिरेको शब्द तथा स्वरमा ‘गरौँ योग’ बोलको योग अभ्याससम्बन्धी गीत सार्वजनिक भएको छ ।

शारीरिक रूपमा स्वस्थ एवं मानसिक रूपमा आनन्द प्राप्तिका लागि योग नै उच्चतम उपाय हो भन्ने कुरा गीतमार्फत बताउन खोजिएको छ ।

योगले शरीर, मन र आत्मलाई एकाकार बनाई मन, शान्त र स्थिर रहन मद्दत गर्दछ। योग निरन्तर अभ्यासले शारीरिक, मानसिक र आध्यात्मिक व्यक्तित्व विकास हुन्छ भन्ने जस्ता कुरालाई गीतमा समेटिएको छ।

गीतमा गायक घिमिरेलाई रेणुका खतिवडाले साथ दिएकी छिन्। सुफिक्स मदनको सङ्गीत तथा एरेन्ज रहेको गीतलाई गोविन्द सोनीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

गीतको ग्राफिक्स डिजाइन सविन नेपालीको रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *