बाबुराम भट्टराईबाट लिए प्रलोपाको केन्द्रीय सदस्यहरूले शपथ
No ads found for this position
No ads found for this position
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय समितिको प्रथम बैठक काठमाडौंको नयाँबजारस्थित एक पार्टी प्यालेसमा सुरु भएको छ ।
बैठकको सुरुआतमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै केन्द्रीय सदस्यलाई शपथ खुवाएका छन्।
बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने जानकारी रहेको छ । बैठक भोलिसम्म जारी रहेछ ।
डा. भट्टराईको अभिभावकत्वमा गठित यो पार्टीमा जनार्दन शर्मा, सन्तोष परियार, राम कार्की, सुदन किराँतीलगायत नेताहरू सहभागी छन्।
प्रतिक्रिया


