प्रदेशमा मुख्यमन्त्री, वित्तीयमन्त्री र प्रशासनमन्त्री भए पुग्छ: प्रदीप पौडेल

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा ३ जना मन्त्री भए पुग्ने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रुपमा डिजिटलाईज गर्नुपर्नेमा जोड दिए । संघीयतालाई कम खर्चिलो बनाउन डिजिटलाईजेशन गर्नुपर्ने उनको भनाई छ ।

उनले प्रदेशमा मुख्यमन्त्री, वित्तीयमन्त्री र प्रशासनमन्त्री भए हुने बताए । संघियता हटाउनु समाधान नभई छरितो बनाउनु आजको आवश्यकता उनको भनाइ छ ।

संघीयता छरितो बनाउनको लागी चालु खर्च घटाउनुपर्नेमा उनले जोड दिए। चालु खर्च कम गर्नको लागि सरकारी संरचनालाई डिजिटलाईजेशन गर्नुको विकल्प नभएको उनले बताए ।

प्रशासनिक संरचनालाई पूर्णरुपमा डिजिटलाईज गर्नसके नेपालको चालु खर्च २ तिहाई कटौती हुने उनले बताए । उनले प्रविधि विकास र नागरिकको स्वतन्त्रता पनि जोडिएको बताए ।

प्रविधिको प्रयोगलाई सिर्जनात्मक रुपमा प्रयोग गर्न कानूनी स्पष्टता जरुरी रहेको उनको भनाई छ । कानून निर्माण गर्दा नागरिकको स्वतन्त्रता हनन हुनेगरी गर्न नहुनेमा पनि उनले स्पष्ट पारे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *