सुनको मूल्य १७ सयले घट्यो, चाँदीको बढ्यो

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १ हजार ७ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार १ हजार ९ सय रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको सुन आज १ हजार ७ सय रुपैयाँले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सय रुपैयाँले घटेर १ तोला सुनको मूल्य २ लाख ५९ हजार कायम भएको हो। सोमबार एक तोला सुनको भाउ २ लाख ६० हजार ७ सय थियो।

सुनको मूल्य घटे पनि चाँदीको भाउ भने वृद्धि भएको छ। महासंघका अनुसार १ तोला चाँदीको मूल्य ३ हजार ८८५ रुपैयाँ तोकिएको छ। सोही परिमाणको चाँदी सोमबार ३ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *