राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापाको राजीनामा

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उमेदवार बन्नका लागि राजीनामा दिएको स्रोतले बताएको छ ।

थापा स्वर्गीय पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

सुनिल थापाले राजनीतिमा आउनुअघि २२ वर्ष शरणार्थी विकास र मानवीय सहायताका लागि राष्ट्र संघीय उच्च आयोगमा काम गरेका थिए । त्यसबेला उनले ११ वटा द्वन्द्वग्रस्त देशमा पुगेर सेवा गरेका थिएँ ।

सन् २०११ मा राष्ट्रसंघीय उच्च आयोग (यूएनएचसीआर) अन्तर्गत सुडानमा कार्यरत रहेको बेला देशको सेवा गर्न राष्ट्र संघअन्तर्गतको आकर्षक जागिर छोडेर थापा नेपाल आइ राजनीतिमा प्रवेश गरेका हुन्।

थापाले राजनीतिमा प्रवेश गरी धनकुटाबाट निर्मावाचनमा विजयी भइ स्वर्गीय पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेतृत्वको सरकारमा वाणिज्ज तथा आपूर्तिमन्त्री भइ काम गरिसके छन्। त्यसपछि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदापनि उनि उद्योग मन्त्रीका रूपमा काम गरिसकेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *