बंगलादेशसँग ७ विकेटले हार्‍यो नेपाल

No ads found for this position
No ads found for this position

काठमाडौं । दुबईमा भएको एसीसी यू-१९ एसिया कपमा नेपालले बंगलादेशसँग ७ विकेटले हारेको छ ।नेपालले बंगलादेशलाई १३१ रनको लक्ष्य दिएको थियो । जवाफमा बंगलादेशले ३ विकेट क्षतिमा २४.५ ओभरमै लक्ष्य भेट्टायो ।

नेपालका अभिषेक तिवारी र युवराज खत्रीले एक-एक विकेट लिए ।

बंगलादेशका ओपनर जवाद आब्ररले ६८ बलमा ७० रनको अविजित इनिङ खेल्दै टिमलाई जित दिलाएका थिए । उनले ७ चौका र तीन छक्का प्रहार गरे । नेपालका बलर अभिषेक तिवारी र युवराज खत्रीले एक-एक विकेट लिए ।

नेपालले ब्याटिङमा राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि ६.४ ओभरमा ४० रन जोडेको थियो । तर, त्यसपछि लगातार विकेट गुमाएर आफूलाई कमजोर स्थितिमा पुर्यायो । नेपालका लागि आठौं नम्बरका ब्याट्सम्यान अभिषेक तिवारीले सर्वाधिक ३० रन जोडे । ४३ बलको सामना गर्दा उनले २ छक्का प्रहार गरेका थिए ।

नेपालका ओपनर साहिल पटेलले २५ बलमा १८ रन तथा निरज यादवले २७ बलमा १४ रन बनाए ।

आशिष लुहारले ४१ बलको सामना गर्दै २३ रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालले अतिरिक्तका रुपमा २३ रन पाएको थियो । बंगलादेशका बलर मोहम्मद सोबुजले सर्वाधिक तीन विकेट लिए । साद इस्लाम र शाहरियार अहमदले २-२ विकेट बाँडे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *