‘मेडिकल क्विज’मा काठमाडौं मेडिकल कलेज प्रथम

No ads found for this position
No ads found for this position

काठमाडौं । सोसाइटी अफ इटरनल मेडिसिन अफ नेपाल साइमोनको १६ औं अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा राजधानीमा आयोजित मेडिकल क्विजमा काडमाडौं मेडिकल कलेज (केएमसी) प्रथम भएको छ ।

देशभरका निजी तथा सरकारी मेडिकल कजेलका विद्यार्थीहरूबीच भएको हाजिरी जवाफ प्रतियोगितामा केएमसीको मेडिसिनका विद्यार्थी डाक्टर परमेश्वर शाह र गौरव खड्का सहभागी भएका थिए ।

सबै प्रतिस्पर्धीहरूलाई पछि पार्दै शाह र खड्काले प्रथम भएर ५० हजार नगदसहित ट्रफी जितेका हुन् ।

प्रतियोगितामा शिक्षण अस्पताल महाराजगञ्ज दोस्रो भएको थियो भने पाटन अस्पलाल तेस्रो र धुलिखेल अस्पताल चौथो भएका थिए । यस्तो प्रतियोगिता प्रत्येक वर्ष आयोजना हुने गर्दछ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *