तस्बिरमा हेर्नुस् एमालेको महाधिवेशन बन्दसत्र

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमाले को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ।

बन्द सत्र काठमाडौंस्थित भृकुटीमण्डपमा हुँदै छ। बन्दसत्रमा २ हजार २ सय ६२ जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।

यसअघि बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको पुरानै विधान कायम राखेर अघि बढ्ने निर्णय गरेको छ। बैठकले विधानको मूल मर्म नबदल्ने र संरचनागत पक्षमा मात्र समायोजन गर्ने निर्णय गरेको हो।

निर्णय अनुसार बन्द सत्रबाट अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन हुने छ। पोलिटब्युरो ९९ सदस्यीय बनाइने छ भने पोलिटब्युरोको एक तिहाइ सङ्ख्यामा स्थायी कमिटी गठन गरिने छ।

पार्टी नेतृत्वका अनुसार बन्द सत्रमा विधान संशोधनका सन्दर्भमा सङ्ख्या र संरचनामा मात्र परिवर्तन हुने र अन्य प्रावधान यथावत् राखिने छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *