प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ: प्रहरी महानिरीक्षक कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्की मुलुकमा हुने सबै किसिमका आन्दोलनहरूमा प्रहरी सधैँ तारोमा पर्ने गरेको भन्दै गुनासो गरेका छन् ।
जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको आईतबार उद्घाटन गर्दै उनले यस्तो गुनासो गरे ।
प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने गरिएको उनको भनाइ छ । उनले प्रहरीमाथि आक्रमण गर्ने प्रवृत्तिलाई रोक्न र शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारीमा काम गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिए ।
उनले भने,‘मूलभूत रूपमा प्रहरीका संरचनाहरु यसपालि पनि ध्वस्त भए । नेपालको इतिहासमा यसभन्दा पहिलेका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोमा पर्छ । यसलाई चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो पनि बनाउने पनि गरिन्छ । नागरिक र प्रहरीको साझेदारीमा हामीले यस्तो प्रवृत्तिलाई अन्त्य गर्दै शान्ती सुव्यवस्था कायम हुनेगरी काम गर्न हाम्रा प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिन्छु ।’
जेनजी आन्दोलनको क्रममा ध्वस्त बनाइएको कार्यालयको संरचना पुनर्निर्माण गरिएको हो ।


