प्रधानमन्त्री कार्कीले ४ मन्त्री थप्दै

No ads found for this position
No ads found for this position

काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले चौथोपटक क्याविनेट विस्तार गर्न लागेकी हुन् ।

कार्की नेतृत्वको सरकारले आज चारजना मन्त्री थप्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयकाका अनुसार आज ४ जना मन्त्री नियुक्त गरिने भएको हो।

जसअनुसार कुमार इङनामलाई भूमिमन्त्री, माधव चम्लागाईंलाई वन तथा वातावरण मन्त्रालय, राजेन्द्र सिंह भण्डारीलाई श्रम तथा संस्कृति मन्त्रालय र श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालयमा नियुक्त गरिने तयारी गरिएको बताइएको छ । उनीहरूलाई शपथ खुवाउनका लागि राष्ट्रपति कार्यालयमा पत्र पुगिसकेको छ।

प्रधानमन्त्री कार्कीको सरकारमा अहिले १० जना मन्त्रीहरू छन्। अब चारजना थपिएपछि १४ जनाको मन्त्रिपरिषद् बन्नेछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *