पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका-४, चिउरीवासमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

नवलपुरको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको जिप लु १ ज ३९०८ नम्बरको जिप दुर्घटना भएको प्रहरी जनाएको छ । मृतक र घाइतेहरुको पहिचान हुन बाँकी छ ।

उकालो सडकमा जिपले नतानेपछि यात्रु ओराल्ने क्रममा जिप ब्याक भएर दुर्घटना भएको हो ।

जिप सडकबाट झण्डै १ किलोमिटर तल खसेको छ । घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

तस्विर सौजन्य : पुनाराम सुनारी

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *