विराटनगरलाई हराउदै लुम्बिनी एनपिएलको फाइनलमा

No ads found for this position
No ads found for this position

काठमाडौ । विराटनगर किङ्सलाई हराउदै लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनीले पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

उपाधिका लागि लुम्बिनीले शनिबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक उपविजेता सुदूरपश्चिमले यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।

जितका लागि १ सय ३५ रनको समान्य लक्ष्य पछ्याएको विराटनगर १७ ओभर ५ बलमा सबै विकेट गुमाएर ९४ रनमा समेटिएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *