कुलमानले हितेन्द्रलाई भने- अदालतले पुनर्बहाली गरेको दम्भ बोकेर आफूखुसी नचल्नु

No ads found for this position
No ads found for this position

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनरागमन भएका हितेन्द्रदेव शाक्यलाई आज भेटेका छन् । भेटमा मन्त्री घिसिङले नतिजा देखिने गरी काम गर्न निर्देशन दिए ।

भेटमा उनले रिजल्ट आउने गरि काम गर्न निर्देशन दिए । राम्रो रिजल्ट आएमा शत्रुलाई पनि जिम्मेवारी दिन आँफु तयार रहेको तर रिजल्ट राम्रो नआएन फेरि पनि सोच्नु पर्ने अवस्था आउन सक्ने बताए ।

जल तथा ऊर्जा आयोगमा सरुवा गरिएका शाक्यलाई सर्वोच्चले प्राधिकरणमै पुनर्बहाली गरिदिएको थियो । हिजो पदभार गरेपश्चात् उनी आज मन्त्री भेट्न पुगेका हुन् ।

मन्त्री घिसिङले यसअघि आफूले शाक्यलाई सल्लाहमा नै जल तथा ऊर्जा आयोगमा सरुवा गरेको सुनाए। उनले अदालतले पुनर्बहाली गरेको दम्भ बोकेर आफूखुसी नचल्न आग्रह गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *