सरकार र जेनजीबिच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’- केपी ओली

'जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने व्यक्तिगत कुरा हो'

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबिच भएको सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गरेका छन् ।

बिहीबार राजधानी काठमाडौंमा सम्पादकहरूसँगको संवादमा उनले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनै पनि प्रकारको सम्झौता गर्न नमिल्ने बताए । उनले कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्यान्डेट यो सरकारले कहाँबाट पायो ? भन्दै प्रश्न गरे ।

उनले सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गरे ।

यस्तै ओलीले सुशीला कार्की नेतृत्वको सरकारका क्रियाकलाप पूर्णतः गैर कानुनी र असंवैधानिक रहेको आरोप लगाए ।

उनले जेनजी आन्दोलनको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने आफ्नो व्यक्तिगत कुरा भएको बताए । उनले जाँचबुझ आयोगको मनसाय के छ भन्ने कुरा सञ्चारमाध्यमहरूमा आयोगका सदस्यहरूले व्यक्त गरेका अभिव्यक्तिहरुबट पुष्टी भइसकेको बताए ।

वर्तमान सरकार अन्तरिम सरकारमा मात्र नभई असंवैधानिक सरकार भएको उनले बताए । उनले वर्तमान प्रधानमन्त्री कार्कीलाई निर्वाचन गराउन राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको जिकिर गर्दै कुनै प्रतिष्ठान मास्ने अधिकार नरहेको टिप्पणी गरे ।

उनले समय एकनासले नचल्ने उल्लेख गर्दै होस गरेर अगाडि बढ्न सरकारलाई चेतावनी दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *