ट्रम्पले घोषणा गरे ‘गोल्ड कार्ड’ योजना, १० लाख डलर हुनेले सजिलै भिसा पाउने

No ads found for this position
No ads found for this position

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ योजना घोषणा गरेका छन् । यस अन्तरगत अब आर्थिक स्रोत बलियो भएका धनी व्यक्तिले अमेरिकाको भिसा सजिलै पाउने छन्।

१० लाख अमेरिकी डलर तिर्न सक्ने विदेशीहरूलाई ‘फास्ट-ट्रयाक’ प्रक्रियाबाट अमेरिकाको भिसा दिने योजना सुरू गरेको बिबिसीले लेखेको छ। यसलाई ‘गोल्ड कार्ड’ योजना भनिएको छ।

‘ट्रम्प गोल्ड कार्ड’ त्यस्ता व्यक्तिलाई दिइने भिसा हो, जसले अमेरिकालाई ‘महत्त्वपूर्ण लाभ’ पुर्‍याउन सक्छन्।

सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, ‘यो कार्डले योग्य र परीक्षण गरिएका व्यक्तिहरूलाई नागरिकता पाउन प्रत्यक्ष बाटो दिन्छ।’

गोल्ड कार्ड योजना फेब्रुअरीमै घोषणा गरिएको थियो। ट्रम्पले पहिलो पटक योजना सार्वजनिक गर्दा यसलाई ‘ग्रिन कार्ड’ जस्तै भएको बताएका थिए।

गोल्ड कार्ड भने खासगरी ‘उच्च स्तरका’ पेसाकर्मीहरूका लागि लक्षित गरिएको छ। ट्रम्पले भनेका छन्, ‘जसले ५० लाख डलर तिर्छ, उनीहरूले रोजगारी सिर्जना गर्छन्। यसले अमेरिकालाई लाभ हुन्छ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *