प्रधानमन्त्री र पूर्वराष्ट्रपति बीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको छ: महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको दावी गरेका छन् । उनले फेसबुकमा स्टाटसमा यस्तो दाबी गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘दुई दिनअघि मात्र प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भएको भनिएको वार्तामा ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ । यो घटनालाई हिजो मात्र GenZ समूहको नाममा गरिएको नाटकीय वार्ता र सम्झौता हिमेश पन्तलगायतका सेलिब्रिटीहरूले फैलाएको भ्रम र केपी ओली गिरफ्तार भन्ने मिडिया ट्रायल सँग जोडेर हेरेका छन् ।’
उनले भनेका छन्- ‘यी सबै कुराले एउटै दिशातिर संकेत गर्छन् । एमालेको आसन्न महाधिवेशन भाँड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्ततः अध्यक्ष ओलीको लोकप्रियता कमजोर पार्ने ।’
उनले थपे, ‘महाधिवेशनमा चुनाव भए सके हराउने, नसके भोट घटाउने नै उनीहरूको अन्तिम उद्देश्य हो ।”


