संविधान असफल भइसक्यो, यो निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्छः राजेन्द्र लिङदेन

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने चेतावनी दिएका छन् ।

बुधवारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकमा बोल्दै उनले संविधान असफल भइसकेको र यही निर्वाचन प्रणाली कायम राखेर हुने निर्वाचनले मुलुकलाई थप संकटमा धकेल्ने जिकिर गरे ।

उनले यथास्थितिमा निर्वाचन मुलुकको समस्या समाधान गर्ने माध्यम हुनै नसक्ने समेत बताए । नवगठित नेपाली कम्युनिष्ट पार्टीप्रति लक्षित गर्दै जनताको बीचमा जान नसक्ने अवस्था भएपछि नामै परिवर्तन गर्नुपर्ने अवस्था आएको दाबी गरे ।

लिङदेनले जनतामा जान सक्ने र जनताले आशा गरेको पार्टी राप्रपा मात्रै भएको बताए । लिङदेनले मुलुकलाई निकास दिन राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच समझदारी गरेर अघि बढ्नुपर्ने बताए।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *