बालिकामाथि बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं । बलात्कार गरेको आरोपमा जनकपुरका एमाले नेता शिवशंकर साह पक्राउ परेका छन्। उनले १३ वर्षीया नाबालिकालाई २ दिनसम्म होटलमा बन्धक बनाइ बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।

एमाले नेता नेता रघुवीर महासेठका निकट सहयोगी मानिने उनी २०७९ को स्थानीय निर्वाचनमा जनकपुरमा मेयरको उम्मेदवार बनेर पराजित भएका थिए । साह अहिले एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि समेत हुन्। उनी जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, उद्योग वाणिज्य महासंघ मधेशका संस्थापक अध्यक्ष समेत हुन्।

उनलाई भारत बिहारबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरेर मंगलबार उनलाई धनुषा प्रहरीमा उपस्थित गराइएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *