जापानमा ७.६ म्याग्निच्युडको भूकम्प, ३० जना घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं । जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति ११:१५ बजे ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौँ मानिसहरूलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा गएका छन्।

जापान मौसम विज्ञान एजेन्सीले भूकम्पपछि होक्काइडो, आओमोरी र इवाते प्रिफेक्चरका तटीय क्षेत्रलाई विशेष सतर्क रहन आग्रह गरेको छ।  भूकम्पले ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।

भूकम्पको केन्द्र आओमोरी प्रिफेक्चरको तटदेखि करिब ८० किलोमिटर टाढा र ५० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। शक्तिशाली धक्काले जापानको उत्तर र पूर्वका विस्तृत भूभागमा कम्पन महसुस गरिएको थियो।

जापानी सार्वजनिक प्रसारक एनएचके का अनुसार जापान मौसम विज्ञान एजेन्सीले होक्काइडो, आओमोरी र इवातेमा सुनामी चेतावनी जारी गरेको छ भने मियागी र फुकुशिमा का तटीय क्षेत्रमा सुनामी परामर्श जारी छ। प्रभावित क्षेत्रका नागरिकलाई उच्च स्थानतर्फ सर्न र समुद्री किनारबाट टाढा रहन आग्रह गरिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *