गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपाली सहित २५ जनाको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं । भारत गोवाको नाइट क्लबमा शनिबार राति भएको आगलागीमा परी नेपाली सहित उक्त घटनामा २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।

मृत्यु हुने २० जना क्लबका कर्मचारी छन् भने ४ जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

आगलागीमा परी मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना खुलेको छैन । गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ ।

शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी सुरु भएको थियो । साँघुरा बाटोका कारण दमकल पुग्न नसक्दा आगो भयावह भएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *