एनपिएलमा आज खेल नहुने, भोलि सुदूरपश्चिम र विराटनगर भिड्दै
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल नहुने भएका छन्। दोस्रो लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम दिइएको हो ।
प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् ।
सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।
सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।
प्रतिक्रिया


