‘यो सरकार हाई ज्याक भयो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’

No ads found for this position
No ads found for this position

काठमाडौं । जेनजी अभियन्ता मिराज ढंगानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन् ।

जेनजी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उनले यस्तो आग्रह गरेका हुन् । उनले निर्वाचनपछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरूले नगरेको पनि बताए।

उनले भने, ‘आगामी कार्यक्रम भनेको चाहिँ हामीले देश विकास होस्, आन्दोलन पछिको सरकारले नगरे अब आउने वाला निर्वाचित सरकारले गर्छ । पुराना शक्तिहरू अथवा पात्रहरूले गर्छन् भन्ने त आस नै गर्न सकिँदैन । किनभने हामीले त बारम्बार विश्वास गरिरहेको हो । आन्दोलनको सरकारले पनि यदि विकास गर्न सक्दैन भने कोहीले गर्न सक्दैन त्यही भएर आन्दोलनको बेइज्जत नगरिइदिनुहोस् प्रधानमन्त्रीज्यु, तपाईं बरु सक्नुहुन्न भने राजीनामा दिनुहोस् । बाँकी काम हामी सबै मिलेर गोलमेच भनौँ न एउटा चाहिँ अन्तरक्रिया गरेर त्यसपछि गरौँला तपाईं सक्नुहुँदैन भने छाडिदिनुहोस् ।’

उनले यो सरकार हाई ज्याक भइसकेको बताए । ३ महिना यो सरकारलाई काम गर्न दिँदा पनि केही गर्न नसकेको उनले बताए ।

जेनजी युवा प्रकाश शर्माले पनि पछिल्लो समय आन्दोलनको माग सम्बोधन नगरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग गर्दै पर्चा टाँस्ने कार्यमा सहभागी भएको बताए। उनले शनिवार बेलुका पक्राउ परेको अनुभव साझा गर्दै अन्तरिम सरकार जेनजी आन्दोलनको आधारमा बनेको भए पनि आफूहरूको माग सम्बोधन नगरेको बताए ।

भदौ २३ गतेको आन्दोलनमा भएको घटनाको छानबिन नगरी २४ गतेको आन्दोलनमा सहभागी भएका युवाहरूलाई मात्र प्रहरीले पक्राउ गरेको उनले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *