धरानमा गाडी दुर्घटना हुँदा १ को मृत्यु, ११ जना घाइते

No ads found for this position
No ads found for this position

धरान । भेडेटारबाट धरान आउँदै गरेको पिकअप गाडी धरान उपमहानगरपालिकामा पल्टिँदा १ को मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

प्र १ ०२ ००२ च ३८२६ नम्बरको टाटा योद्धा पिकअप गाडी शनिबार राति पल्टिँदा विराटनगर महानगरपालिका–६ बस्ने २१ वर्षीय रोहन कामतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा दुहबी–९ का १९ वर्षीय एमडी एकबाल राईन, विराटनगर–७ का २६ वर्षीय रोशन कामत, इटहरी–५ का ४० वर्षीय सञ्जय पाल, इटहरी–१ का २० वर्षीय दुर्गामणि चौधरी, इटहरी–४ को १८ वर्षीय शुभम् रौनियार रहेका छन्।

यस्तै इटहरी–२ का १८ वर्षीय प्रदीपकुमार दास, विराटनगर–९ का २२ वर्षीय विशाल माझी, दुहबी–६ का २१ वर्षीय आयुष चौधरी, विराटनगर–९ का २२ वर्षीय वेदा मिश्र, विराटनगर–२ का २६ वर्षीय अनु कामत र गाडी चालक उदयपुर ताप्ली गा.पा–२ का २८ वर्षीय जीवनकुमार श्रेष्ठ घाइते छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *