चुनावका लागि रास्वपाले खुलायो आवेदन, शुल्क २५ हजार

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य चुनावको लागि आजदेखि आवेदन खुलाएको छ । रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावकोलागि आजदेखि एक सूचनामार्फत् आवेदन खुलाएको हो ।

पार्टीको मोबाइल एपबाट आवेदन मागिएको छ । आवेदन शुल्क २५ हजार तोकिएको छ । रास्वपाले समानुपातिकको उम्मेदवारका लागि भने ५० हजार शुल्क निर्धारण गरेको छ ।

उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले एक सार्वजनिक सूचनामार्फत आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यका लागि आवेदन खुल्ला गरेको जनाएका छन् ।

आर्थिक अभावले आवेदन शुल्क तिर्न नसक्ने अवस्थामा विपन्नताको परिचय पत्र, पार्टीको पालिका समितिको सिफारिस पत्र साथमा पेश गर्न भनिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *