मधेशका मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ
जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ६ दलीय गठबन्धनबाट मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता यादवले पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।
आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट छैठौँ मुख्यमन्त्रीको रुपमा सपथ लिएका हुन् । यादव ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
शुक्रबार कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा यादवले दाबी पेश गरेपछि प्रदेश प्रमुख कर्णले उनलाई नियुक्त गरेका थिए ।


