एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल
No ads found for this position
No ads found for this position
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताएकी छिन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले समग्र पत्रकारिता नै गम्भीर मोडमा रहेको बताइन् ।
उनले भनिन्, ‘समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको छ । एआईले पत्रकारिता कहाँ पुर्याउने भन्ने अनिश्चितता बढाएको छ । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको छ ।’
पत्रकारिताको सकारात्मक कदममा सरकार सधैँ साथमा रहेको उल्लेख उनले सकारात्मक कदमका लागि सरकारले सधैँ सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
प्रतिक्रिया


