कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा

No ads found for this position
No ads found for this position

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज दिउँसो १ बजे नेपाल प्रज्ञा भवन, कमलादीमा औपचारिक घोषणा हुँदैछ ।

घोषणामा पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने पार्टीको तयारी गरिएको छ । यस्तै कार्यक्रममा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ हुनेछन् । पार्टीले यसअघि जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *