दिल्ली जाँदै गरेको बसमा आगलागी : २ नेपालीको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी हुँदा २ जना नेपालीको मृत्यु भएको छ ।

सोमबार मध्य राति बसमा आगलागी हुँदा ४५ यात्रु सवार थिए । भारत-नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरको यूपी २२ एटी ०२४५ नम्बरको बसमा आगलागी भएको हो ।

स्थानीय प्रशासनका अनुसार बसमा यात्रा गर्ने अधिकांश यात्रुको ठेगानामा ‘बुटवल’ उल्लेख रहेको पाइएको छ । आगलागीमा परी घाइते भएकाहरु अस्पताल भर्ना भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *