नेकपाको सभा आज विराटनगरमा, १० हजार समर्थक उतारिने

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आज विराटनगरमा एकता सन्देश सभा गर्दैछ । एकताको सन्देश तल्लो तहसम्म पुर्‍याउन सातै प्रदेशमा सभा गर्ने क्रममा आज कोशी प्रदेशको विराटनगरमा सभा गर्न लागिएको हो ।

आजको सभामा १० हजार समर्थकलाई उपस्थित गराउने दाबी नेकपाको दावि छ । कार्यक्रम जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सुरु हुने छ।

सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह-संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतले सम्बोधन गर्नेछन् ।

यसअघि नेकपाले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको लमही, गण्डकीको पोखरामा सभा गरिसकेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *