एनपीएलमा चितवन ८९ रनमा अलआउट, काठमाण्डुको तेस्रो जित
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाण्डु गोर्खाज विजयी भएको छ । काठमाण्डुले चितवन राइनोजलाई ५३ रनले हराएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रन रन बनाउँदा अलआउट भएको हो । यो जितसँगै पाँच खेल खेलेको काठमाण्डुले ६ अंक जोडेको छ ।
काठमाण्डुले एनपीएलमा तेस्रो जित निकालेको छ । चितवनले भने तेस्रो हार बेहोरेको छ ।
तस्बिर: एनपिएल ।
प्रतिक्रिया


