चुनावमा एक थोपा रगत नबग्ने गरी खटिन सेनालाई प्रधानमन्त्रीको निर्देशन

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण गरेकि छिन् । सो क्रममा उनले सेनासँग निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जंगी अड्डाको भ्रमणपछि प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनमा नागरिकको एक थोपा पनि रगत नबग्नेगरी काम गर्न सेनालाई निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्,‘आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन। यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्नु ।’

सेनाले प्रधानमन्त्री कार्कीलाई हालको सुरक्षा अवस्था र चुनौतीबारेमा ब्रिफिङ गरेको थियो । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *