एक तोला सुनको मूल्यले नाघ्यो साढे २ लाख
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा एक तोला सुनको मूल्य साढे दुई लाख नाघेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २२ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५० हजार ६ सय पुगेको छ। बिहीबार ४ सय रुपैयाँले घटेर प्रतितोला सुनको भाउ २ लाख ४८ हजार ४ सय पुगेको थियो।
चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। महासंघका अनुसार आज ६५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ३ हजार ३४५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया


