पृथ्वीराजमार्गको अवरोध हट्यो, आजदेखि पूर्ण रूपमा खुला

No ads found for this position
No ads found for this position

काठमाडौं । मुग्लिन-पोखरा सडक खण्डको अवरोध हटेको छ । पृथ्वीराजमार्गअन्तर्गत विजयपुरखोलामा निर्माणाधीन पुलमा चलिरहेको बिम राख्ने ‘ग्रीडर लन्चिङ’ कार्य सकिएसँगै आजदेखि यातायातमा कुनै अवरोध हुने छैन ।

यस अघि मङ्सिर ६ देखि ११ गतेसम्म गरी ६ दिन बिहान र दिउँसो गरी ४ घण्टासम्म गर्नुपरेको सडक आजबाट पुनरुपमा सुचारु भएको हो। यस अघि मुख्य यातायात मार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था थियो । आयोजनाले पुलसम्बन्धी प्राथमिक कार्य पूरा भएसँगै राजमार्ग सुचारु भएको जनाएको छ ।

अवरोध हटेसँगै यात्रुहरूले सहज, छरितो र सुरक्षित राजमार्गको अनुभव गर्न थालेका छन् ।

मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पोखरा–जामुने पश्चिम खण्डमा पिच र विस्तार कार्यले उल्लेख्य प्रगति गरेको छ । ३८ किमि मध्ये ३७ किमि एकतर्फी कालोपत्र पूरा भएपछि यात्रामा सहजता थपिएको छ । धेरै स्थानमा कालोपत्रे दोस्रो तहसम्म सम्पन्न भइसकेकाले यात्रा सुगम बन्दै गएको स्थानीयको प्रतिक्रिया छ । योजनाअन्तर्गत सडक चौडाइ विस्तार, सर्भिस लेन निर्माण, नाला, पुल तथा कल्भर्ट निर्माण समानान्तर रूपमा अगाडि बढिरहेका छन् । पश्चिम खण्डका १२ मध्ये ११ वटा पुल पूरा भइसकेका छन् भने सेती नदीमा निर्माण भइरहेको पुलले पनि आधाभन्दा बढी भौतिक प्रगति गरेको छ ।

दैनिक करिब ६ सय मजदुर खटिने यस क्षेत्रमा मासिक झन्डै १८ हजार मजदुरले रोजगारी पाउने गरी काम भइरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *