गायक विक्रम धमलाको ‘दर्शन ढुङ्गा’ रिलिज

No ads found for this position
No ads found for this position

काठमाडौं । गायक विक्रम धमलाले नयाँ गीत ‘दर्शन ढुङ्गा’ ल्याएका छन् । दैनिक जीवनमा आउने तनावलाई भुलेर अर्थपूर्ण ढंगले जिउनुपर्छ भन्ने भावको गीतलाई प्रदीप लम्सालले लेखेका हुन् ।

गीतमा विक्रमश्री बाँस्तोलाको संगीत छ भने श्यामश्वेत रसाइलीले एरेन्ज तथा मिक्सिङ गरेका छन् ।

रमाइलो माहोलको दृश्य उतारिएको गीतको भिडियोमा गायक विक्रम स्वयं र उमा कार्की फिचर्ड छन् । अरुण न्यौपानेले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन् । मेकअप आर्टिस्ट सम्झना सेन्चुरी हुन् ।

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय विक्रमले आफ्नै शब्द तथा संगीतमा ‘मुस्कानभित्र रोदन मेरो’ गीतबाट संगीतमा पाइला चालेका थिए । त्यसपछि ‘महसुस’ र ‘आहत’ गरी दुई सोलो एल्बम निकालेका विक्रमका साँच्चै के हो माया, महसुस, मादलु लगायत गीत रुचाइएका छन् । भोजपुरदेखि, फूलको गमला, शुभ तिहार लगायत अन्य गीत पनि उनका सार्वजनिक छन् ।

सांगीतिक क्षेत्रमा सक्रिय भएपनि आफ्नो पेसागत कामले नयाँ गीत ल्याउन ढिलाइ भएको विक्रमले बताए । ‘संगीतको भोक अति नै छ, तर पारिवारिक र पेसागत कामका कारण छिटो-छिटो गीत ल्याउन सकिरहेको छैन । अब सकेसम्म गीत-संगीतमा उपस्थिति जनाइरहने प्रयासमा छु,’ विक्रमले भने, ‘पछिल्लो समय गीत तथा म्युजिक भिडियो निर्माण अनावश्यक खर्चिलो हुँदा पनि हामीजस्ता धेरै कलाकारलाई गाह्रो बनाइरहेको छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *