गायक प्रेम सेनको ‘हो नि रेशम’ दर्शकको रोजाइमा पर्दै

No ads found for this position
No ads found for this position

काठमाडौं । सार्वजनिक भएको केहि दिनमा गायक प्रेम सेनको नयाँ गीत ‘हो नि रेशम’ दर्शकस्रोताको रोजाइमा पर्दै गएको छ ।

लोकपप शैलीको गीतमा अनिल स्थापितको शब्द र कल्याण सिंहको संगीत छ । गीतलाई सञ्जीव बराइलीले एरेन्ज गरेका हुन् ।

डोरेमी स्टुडियोमा रेकर्ड गरिएको गीतलाई भानुभक्त ढकालले रेकर्डिङ र मिक्सिङ गरेका हुन् । गीतको भिडियोलाई रोमान्टिक शैलीमा बनाइएको छ । भिडियो गायक प्रेम आफैं फिचर्ड छन् । दिनेश पराजुलीले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका हुन् ।

प्रेमले केही महिनाअघि आकाशैमा र चरी बेसार गीत सार्वजनिक गरेका थिए । डेढ दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनका यसअघि सानी, तिम्रो पाउजु, आऊ गाऔं, तिमीले लाको चौबन्दी लगायत गीत रुचाइएका थिए । ‘हो नि रेशम’ ‘प्रेम सेन’ युट्युब च्यालनमा सार्वजनिक गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *