नेतृत्वको कानमा बतास लागेन, धुलो र हिलो पखाल्न महाधिवेशन गरौं: गुरु घिमिरे

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले महाधिवेशमार्फ संगठन पुर्नसंरचनाको माग बेवास्ता गरेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित विशेष महाधिवेशन पक्षधर नेताहरूको भेलालाई सम्बोधन गर्दै घिमिरेले विगत ३५ वर्षको पार्टी सञ्चालन र नेतृत्वको कार्यशैलीमाथि गम्भीर समीक्षा आवश्यक रहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन आयोजना अपरिहार्य आवश्यकता भएको बताए ।

उनले भने, ‘३५, ३६ वर्षअघिको घटनालाई हामी समिक्षा गरौँ । विगत ३५ वर्ष सरकार चलाउँदा हामीले कतै कमजोरी त गरेनौं ? कतै हामी बिग्रिएका त छैनौं ? हाम्रो मात्रै गल्ती छ कि अरुको पनि गल्ती छ ? त्यसको समिक्षा गरौँ । समिक्षा गर्नको लागि केन्द्रीय समितिको साँघुरो घेरा मात्रै पर्याप्त छैन । त्यो घेरामा मात्रै छलफल गरेर पर्याप्त भएन । त्यसैले नियमित महाधिवेश गरौँ ।’

उनले विनम्रतापूर्वक महाधिवेशनको लागि अनुरोध गर्दा पनि पार्टी नेतृत्वले नसुनेको गनासो गरे ।

उनले भने, ‘पार्टी नेतृत्वको कानमा बतास लागेन । त्यसैले हामीले सल्लाह गरेर गरेर २ हजार ४ सय ८८ जनाको हस्तक्षरसहति केन्द्रीय कार्यालयमा प्रश्ताव दर्ता गर्यौं । हामीले उक्त कार्य विग्रह र अनुशासनहीन काम नभएको कार्यवाहक सभापतिज्यूलाई भन्यौं । सत्ताको आलमा बस्दा लागेको धुलो र हिलो पखालौं । जनताको अगाडि देखाउन मिल्ने बनाऔँ । अनुहार सफा पारेर उज्यालो बनाऔँ । विगतमा भएका कमजोरीको अपराधवोध गरेर बस्ने होइन । अगाडिको बाटो हेरेर सच्याएर अगाडि बढ्ने हो । तर पार्टी केन्द्रीय समितिको बैठक विश्वमा किर्तीमान राख्नेगरी बैठक बस्दा पनि निष्कर्ष निकाल्न सकेका छैनौं । २८ असोजमा शुरु भएको बैठक आजसम्म पनि निष्कर्षमा पुग्न सकेका छैनौं । बैठकबाट हामीले निर्वाचनमा भाग लिनेबाहेक केही निष्कर्ष निकाल्न सकेका छैनौं ।’

उनले विशेष महाधिवेशनमार्फत नयाँ पुस्ताको सहभागितासहित पार्टी पुनःसंरचना गर्नुपर्ने माग गरे। उनले पुस मसान्तसम्म विशेष महाविधेशनको कार्यकालिता सार्वजनिक गर्न माग गरे।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *